सहमतीय सरकारको सम्भावना नरहेको भन्दै प्रमुख दल नेताहरुद्वारा अब बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई सुझाव

सहमतीय सरकारको सम्भावना नरहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरुले अब बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा दलहरुबीच भएको सहमतिको प्रयासबारे जानकारी लिन आज प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएकी हुन् ।
त्यस क्रममा शीर्ष नेताहरुले सहमतीय सरकार गठन हुने सम्भावना नरहेको बताएका हुन् ।
नेताहरुले सोमबार संसद् बैठक सुरु हुनुअघि ३ बजेसम्म सहमतिको प्रयास जारी राख्ने तर त्यसबीचमा सहमति नभए बहुमतीय प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका विषयमा दलहरुलाई मिलेरै अघि बढ्न सुझाव दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गरेकी हुन् । इमेजखबरमा समाचार छ ।