राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले सोमबार विज्ञप्ति निकालेर भोलि एकता नहुने बताएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, एकताका लागि अन्तरिम विधानका अन्तरवस्तुमा थप छलफल र सहमति आवश्यक रहेकाले हामी दुवै दललाई एकता प्रकृया सफल पार्न सन्तुलित विधानमा सहमति अपरिहार्य छ। यस दृष्टिकोणलाई आत्मसात गर्दै वार्तामा घनीभूत गराई एकताको अन्तिम निर्णयमा पुग्न राप्रपा नेपाललाई आव्हान गर्दछौं।
उनले आफ्ना कार्यकर्तालाई भोलिको एकतामा सहभागी नहुन आग्रहसमेत गरेका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने एकता प्रकृया रोकिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। ट्वीटरमा उनले लेखेका छन्, दुवैपक्षको सहमतिमा पार्टी एकिकरण घोषणाको मिति तय भैसकेको अवस्थामा एकपक्षीय रुपमा एकिकरण स्थगन गर्ने पशुपति शमशेरजीको निर्णय दुर्भाग्यपूर्ण ।
केपी ओली नेतृत्वको सकारमा सहभागी दुवै पार्टीबीच नयाँ सरकारमा जाने वा नजाने भन्ने विषयमा विवाद हुँदा एकता प्रकृया रोकिएको राप्रपा नेपालका एक नेताले जानकारी दिए। राप्रपा नेपालले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ भने राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ। सेतोपटीले लेखेको छ।