देउवाले भने स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउन सकिदैन (भिडियो सहित )

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौ-तराई फास्ट
ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी

लगानीमा बनाउन निकै कठिन भएको
बताएका छन्।

नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक बनाउन १० अर्ब
रुपैयाँ बजेट विनियोजन गरेकामा काँग्रेस

सभापति देउवाले पूर्वाधारका ठूला आयोजनामा
विदेशी लगानी भित्र्याइनुपर्ने बताएका हुन्।

गन्तव्य नेपाल नामक संस्थाले शुक्रबार काठमाडाँैमा गरेको कार्यक्रममा
काँग्रेस सभापति देउवाले फास्ट ट्रयाक र

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल
आफैंले बनाउन सके राम्रो हुने तर सम्भावना निकै कम रहेको बताए।

कार्यक्रममा आयोजक गन्तव्य नेपालले पर्यटन व्यवसायी प्रकाश लम्साललाई
पर्यटन वर्ष व्यक्तिको रुपमा सम्मान गरेको

थियो। सेतोपटीमा समाचार छ