एमाले नेताहरूले माओवादी केन्द्रले विभिन्न शक्तिको प्रलोभनमा परेर
एमालेसँगको सत्ता समीकरण बदलेको विश्लेषण
गरेका छन् । एक सातादेखि जारी स्थायी
समितिको बैठकमा शुक्रबार बोल्ने नेताहरूले माओवादी केन्द्रको आफ्नै
चाहनाका कारण
समीकरण नबदलिएको बताएका हुन् ।
शुक्रबारको बैठकमा उपमहासचिव विष्णु पौडेल, स्थायी समिति
सदस्यहरू सुवास नेम्बाङ र छविलाल विश्वकर्माले
धारणा राखेका थिए । हाम्रो पार्टीले एमाले र माओवादी केन्द्रका
बीचमा निर्माण भएको समीकरणलाई दीर्घकालीन
रूपमा अघि बढाउन चाहेको भए पनि माओवादी
केन्द्र स्वयंले राजनीतिक समीकरणको कोर्स बदल्न चाहेको र
उसलाई विभिन्न शक्तिको
प्रलोभनले त्यस्तो ठाउँमा पुर्याएको कारणले नै समीकरण बदलिन पुगेको हो भन्ने भनाइ
बैठकमा प्रस्तुत भएका छन्, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने
।
विगतको सरकारको समीक्षा शीर्षकमा
भइरकेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबार बोल्ने
नेताहरूले
सत्ता समीकरण टुट्नुको कारणबारे विश्लेषण गरेका थिए । उनीहरूले संविधान निर्माणमा
पार्टीले नेतृत्वदायी
भूमिका निर्वाह गरेको, पार्टी
नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको
परराष्ट्र
सम्बन्धलाई सन्तुलित रूपमा परिचालन गरेको, राष्ट्रको
आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको
लगायतका उपलब्धि हासिल भएको
धारणा राखेका थिए। कान्तिपुरमा समाचार छ ।



