नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरुले
बुधबार मात्रै सपथ लिने भएका छन्।
पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम सभापति शेरबहादुर
देउवाले मंगलबार साँझ वा बुधबार अपरान्हसम्ममा टुंगो लगाईसक्ने छन्।
मंगलबार साँझ वा बुधबर दिउँसोसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई
सपथ ग्रहणका लागि लिष्ट पठाउने तयारी भइरहेको छ सभापति
देउवा निकट एक नेताले सेतोपाटीलाई बताए।
साउन २० गते प्रधानमन्त्री भएका दाहालले सरकारमा सहभागी हुने
कांग्रेसका मन्त्रीहरुको नाम छिटो पठाउन सभापति देउवालाई पटक पटक आग्रह गर्दै आएका
छन्।
सभापति देउवाले नेविसंघको महाधिवेशन पछि मात्र नाम पठाउने जवाफ
फर्काएका थिए।
तत्काल मन्त्रीहरुको सूची पठाउँदा त्यसबाट कतिपय मन्त्री पदका
आकांक्षीहरु रुष्ट हुनसक्ने र त्यसको नकरात्मक प्रभाव पार्टीमा पर्ने देउवाको अडान
छ।
विद्यार्थी संघको अधिवेशन सकिएको एक साता वित्न लाग्दा पनि देउवाले
मन्त्रीमा पठाउने सूची तयार पारेका छैनन्।
देउवाले आइतबारदेखि पार्टीभित्र आफ्ना केही विश्वासी पात्रहरुसँग
नामावली तय गर्न परामर्श थालेका छन्।
अब विद्यार्थी संघको अधिवेशन पनि सकियो र सभापति देउवा पनि शुक्रबार
उपचारका लागि सिंगापुर जाने भएकाले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन
ढिला गर्ने समय सभापतिसँग छैन, ती सदस्यले भने।
कुनै कारणबस बुधबारसम्म मन्त्री हुने सांसदहरुको सूची टुंगो लाग्न
नसके पनि बिहिबारसम्ममा सबै टुंगो लाग्ने छ।
बिहिबारदेखि अहिलेसम्म मन्त्रीहरुको टुंगो नलाग्नुमा पार्टी नेता
एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण पनि हो। प्रधानमन्त्रीका विशेष
दूतका रूपमा भारत गएका निधि भोलि स्वदेश फर्कने कार्यक्रम छ।
माओवादीसँगको सत्ता समिकरणमा कांग्रेसको पक्षमा १३ मन्त्रालय रहने
सहमति भएको थियो। माओवादी नेता नारायणकाजी श्रेष्ठले शिक्षा मन्त्रालयमा आफू निकट
धनिराम पौडेलका लागि दाबी गरेपछि मन्त्रालयको विषयमा कुरो अझै मिलेको छैन। यस
विषयमा कुरा मिलाउन देउवाले निधिलाई पर्खिएको स्रोतले सेतोपाटीलाई बतायो।
निधि मंगलबर मात्रै स्वदेश फर्किने भएपछि देउवाले मन्त्रीहरुको टुंगो
मंगलबार साँझ वा बुधबार सपथ ग्रहण गर्नु केही अघिसम्ममा टुंगो लगाउने भएका छन्।
मन्त्रीको सूची तय गर्न देउवा र पौडेल दुबैलाई सकस
कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुन १० देखि ११ मन्त्री र
झण्डै आधा दर्जन राज्यमन्त्रीका लागि कम्तिमा दुई दर्जन भन्दा बढी आकांक्षीहरु
देखिएका छन्।
पार्टीभित्रको आन्तरिक समिकरण मिलाउन सभापति देउवाले पार्टी नेता
रामचन्द्र पौडेलदेखि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर
खड्कालाई पनि समेटेर सूची बनाउनुपर्ने भएकाले समस्यामा परेका छन्।
पार्टीभित्र भागवण्डाको राजनीति अन्त्य गर्ने नारासहित पार्टीको १३
औं महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका नेता पौडेलले अहिले सरकारमा कम्तिमा पनि
४० प्रतिशत अर्थात ५ जना मन्त्री आफ्नो पक्षलाई दिन माग गर्दै आएका छन्।
तर सभापति देउवाले संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पौडेलले
पाएको ३२ प्रतिशत मतको आधारमा ३ जनाभन्दा बढी दिन नसक्ने जानकारी दिँदै आएका छन्।
सम्मानजनक संख्यामा केही महत्वपूर्ण मन्त्रालय नपाए सरकारमा सहभागी
नहुने धम्कीपूर्ण सन्देश पौडेल पक्षले दिँदै आएपछि देउवाले मन्त्रालयको संख्या ४
बनाउन तयार भएको स्रोतले बतायो।
पार्टी अधिवेशनसँगै विद्यार्थी संघको अधिवेशनमा पनि सहयोग गरेका
सिटौलाले दुई मन्त्री र एक राज्य मन्त्री आफ्नो सिफारीसमा बनाउन देउवालाई आग्रह
गरेका छन्। यद्यपी देउवाले सिटौला र खड्कालाई एक एक जना भन्दा बढी दिन नसक्ने
जानकारी गराइसकेका छन्।
यसरी ४ सिट पौडले, एक सिटौला र एक खड्काको सिफारीसमा छुट्याउँदा
देउवाको कोटामा जम्मा पाँच सिट रहने देखिएको छ।
यस्तो अवस्थामा पौडेल पक्षभित्र पनि महामन्त्री शशांक कोइराला,
नेता
प्रकाशमान सिंहदेखि कोषाध्यक्ष सितादेवी यादव लगायतका नेताहरुको आफ्नै स्वार्थका
कारण नाम छनोटमा समस्या परिरहेको छ।
देउवाको पक्षबाट मन्त्री हुन चाहने नेताहरुको लिष्ट लामो भएर उनीलाई
मात्र होइन सिटौला र खड्कालाई पनि आफ्नो गुटबाट कसलाई सिफारिस गर्ने भन्ने सकस
परिरहेको छ।
कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य
भौतिक, शहरी विकास लगायतका १३ मन्त्रालय परेको छ। पछिल्लो समयमा माओवादीका
नारायणकाजी श्रेष्ठले शिक्षा मन्त्रालयमा दाबी गरेपछि कांग्रेसले शिक्षाको सट्टा
माओवादीलाई स्वास्थ्य मन्त्रालय दिन तयार भएको थियो। त्यस अतिरिक्त प्रधानमन्त्री
दाहालले खानेपानी मन्त्रालय साना दलका तर्फबाट प्रेमबहादुर सिंहलाई दिन बचन दिएको
भन्दै कांग्रेससँग त्यो मन्त्रालय छाडिदिन आग्रह गर्दै आएका छन्।
को को बन्दैछन थप मन्त्री
सभापति देउवाले बुधबारसम्ममा पार्टीभित्र कुरा मिले सबै प्रदेश,
जाति,
क्षेत्र,
समुदायको
प्रतिनिधित्व मिलाएर १० देखि ११ मन्त्री र ५ देखि ६ जना राज्यमन्त्रीको नाम
प्रधानमन्त्री दाहाललाई बुझाउने भएका छन्।
सभापति देउवा पक्षबाट मन्त्री बन्ने पक्का सूची
अर्जुननरसिंह केसी,प्रकाशशरण महत,बालकृष्ण खाँण रजीवनबहादुर
शाही यी
नाम पक्कापक्की भएको देउवा निकट नेताहरू बताउँछन्।
साउन २० गते रक्षा मन्त्रालयमा जान सभापति देउवाले गरेको आग्रह
अस्वीकार गरेका केसी अहिले शिक्षा अथवा शहरी विकास मन्त्रालयमा जान तयार भएका छन्। त्यसैगरी महतले
परराष्ट्र, खाँण रक्षा मन्त्रालयको जिम्मा पाउनेछन्।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएमा सरकारमा सहभागी हुने शेखर
कोइरालालाई देउवाले आफ्ना प्रतिनिधि मार्फत अरु कुनै मन्त्रालयमा जान सन्देश
पठाएका थिए। तर कोइरालाले परराष्ट्र मन्त्रालय नपाउने अवस्थामा पार्टीमा रहेरै
सभापति देउवालाई सहयोग गर्ने जवाफ दिएको स्रोतले बतायो।
त्यसैगरी देउवाका निकटस्थ खाँणले आफूलाई पार्टी पदाधिकारी अथवा
जनसम्पर्क हुने पर्यटन मन्त्रालयको जिम्मेवारी दिएमा संगठनमा सहयोग हुने भन्दै
आएका छन्।
देउवाले अम्बिका बस्नेत, फरमुल्लाह मन्सुर, भीष्मराज
आङदम्वे, अर्जुन जोशीलाई पनि सरकारमा सहभागी गराउन चाहिरहेको छ। यद्यपी
मन्त्रालयको भागवण्डा मिलाउन कठिनाइँ भोगिरहेका छन्।
पौडेल पक्षबाट कोषाध्यक्ष सितादेवी यादव आफू सरकारमा पार्टी
पदाधिकारीको हैसियतमा पनि सहभागी हुन पाउनुपर्ने भन्दै आएकी छन्। महामन्त्री शशांक
कोइरालाले आफू निकट दीपक गिरीलाई एकमात्र सिफारिस गरेको स्रोतको दाबी छ।पौडेल
स्वयंम् भने कमला पन्त, नविन्द्रराज जोशी र बलबहादुर केसीलाई मन्त्री बनाउन चाहन्छन्।
प्रकाशमान सिंह र रामशरण महतको चाहना राजेन्द्र केसीलाई
मन्त्रीमा पठाउने रहेको छ। त्यस अलवा पौडेलको समूहमा रहेका नेता आनन्दप्रसाद
ढुंगाना, हृदयराम थानी, किरण यादव लगायतका न



