डा.बाबुराम भट्टराई सानेपाबाट बिशालनगरमा डेरा सर्ने

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले डेरा सर्ने भएका छन्। उनी
बिशालनगरमा रहेको दानी चन्दको घरमा कर
सहित
१ लाख १० हजार भाडा तिरेर बस्न लागेका हुन्।

भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार ११ गतेदेखि
नयाँ घरमा सर्ने तय भएको छ।

भट्टराईको घर भाडाको रकम हाललाई पार्टीले तिर्ने पाण्डेले
बताए। भट्टराई
दम्पत्तिले
इन्जिनियरिङ कन्सल्टेन्सी खोलेर आफ्नो खर्च जुटाउने योजना
बनाएको बताउँदै आएका छन्।
केही दिन पहिले भट्टराईले ट्विटरमा घर भाडा खोज्दा निकै सास्ति
र अपमान
व्यहोर्नु परेको उल्लेख गरेका थिए।
यसअघि उनी सानेपा बस्दै आएका थिए।नागरिक न्युजमा खबर छ ।