निर्वाचन जित्नभन्दा नेतृत्व चलाउन गाह्रो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन जित्नभन्दा नेतृत्व चलाउन गाह्रो भएको अनुभव सुनाएका छन्।
 
काँग्रेस सभापति देउवाले पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पद् हस्तान्तरण गन बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सबै पक्षलाई मिलाउनुपर्ने भएका कारण नेतृत्व सम्हाल्न निकै कठिन भएको बताए।
 
उनले कार्यक्रममा रहेका नेता रामचन्द्र पौडेलको नामै लिएर मन्त्री बनाउने विषयमा पौडेललाई मिलाउन नसकेर आफू निकै तनावमा परेको बताए।

 
नेविसंघको नयाँ नेतृत्वलाई गिभ एण्ड टेक गरेर सबै पक्षलाई मिलाउन निर्देशन दिने क्रममा ककसलाई मन्त्री बनाउने भन्ने निर्णयमा पुग्न आफूलाई निकै कठिन भएको पनि उनले बताए।
 
काँग्रेस सभापति देउवाले नेविसंघ नेपाली काँग्रेसको मुख्य खम्बा भएको भन्दै पार्टीलाई बलियो बनाउने गरी काम गर्न नयाँ नेतृत्वलाई दिदैँ आफूले पूर्ण सहयोग गर्ने बताए।
 
नेविसंघको केही दिन अघि सम्पन्न ११ औं महाधिवेशनबाट देउवा पक्षीय विद्यार्थी नेता नैनसिंह महर अध्यक्षमा निर्वाचित भएका थिए। सेतोपाटीले लेखेको छ ।