नवनियुक्त कांग्रेसका मन्त्रीहरु , पौडेलले पठाए समावेसी टिम

नवनियुक्त
१३ सहित प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली
कांग्रेसका मन्त्री १५ पुगेका छन्। तीमध्ये १० जना अर्थात् दुई
तिहाई
नेविसंघ पृष्ठभूमिका छन्। 

 

गगन
थापा
, अर्जुन नरसिंह केसी,
प्रकाशशरण महत, बालकृष्ण
खाँड
, शंकर भण्डारी,
हृदयराम थानी,  रोमी
गौचन थकाली
, नवीन्द्रराज जोशी,
रमेश लेखक र बिमलेन्द्र
निधिले नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन्।

 

मन्त्रीमध्ये
क्षेत्री
, बाहुन, दशनामीबाहेक ४ जना छन्। कांग्रेसले बनाएका मन्त्रीमा नेवार
समुदायबाट एक जना पनि परेनन्।
 

 

शेरबहादुर
देउवाले आफ्नो पक्षका १० जनामध्ये पाँच जना क्षेत्री र  ठकुरीलाई मन्त्री
बनाएका छन्।

 

रामचन्द्र
पौडेलको पक्षबाट मन्त्री बनेका पाँच जना समावेशी देखिएका छन्।
पौडेल पक्षबाट मन्त्री  बनेकामध्ये  दुई ब्राम्हण, एक
दशनामी
, एक मधेसी, एक जनजाति
रहेका छन्।
 

 

पर्यटन
बनेका जीवनबहादुर शाही पाइलट हुन्।
 

 

नुवाकोट
जिल्लाबाट दुई जना मन्त्री बनेका छन्। अर्जुननरसिंह केसी र
प्रकाशशरण
महतको निर्वाचन क्षेत्र नुवाकोट हो।  यही मन्त्रिपरिषद्मा ससुरा र
ज्वाइँ मन्त्री बनेका छन्।


सहरी विकास मन्त्री अर्जुन नरसिंह
केसी
स्वास्थ्य मन्त्री गगन थापाका ससुरा हुन्।  सामान्य
प्रशासन मन्त्री केशव
बुढाथोकी र परराष्ट्र मन्त्री प्रकाशशरण
महतबीच पनि ससुरा- ज्वाइँको

सम्बन्ध छ। बागमती अञ्चलबाट चार जना
मन्त्री बनेका छन्। महत
, केसी, थापा र
जोशी बागमती अञ्चलका सांसद हुन्।

 

थापा
मन्त्री बनेपछि सामाजिक सञ्जालमा उनको परीक्षा सुरु भएको कुराले चर्चा
पाएको छ। स्वास्थ्य मन्त्री बनेका थापाले चिकित्सा क्षेत्रका
विकृति
विरुद्ध  आठौं पटक अनसन बसेका चिकित्सक गोविन्द केसी
 माग पुरा गर्ने
धेरैले अपेक्षा गरेका छन्।सेतोपाटीमा
समाचार छ