दलहरुबीचको सहमतिबाटै संविधान कार्यान्वयन हुने:- डा. शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दलहरुबीचको सहमतिबाटै संविधान कार्यान्वयन हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले शनिबार राजधानीमा विजयादशमीको अवसरमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच छिट्टै सहमति जुट्ने विश्वास पनि व्यक्त गरे ।

संविधान कार्यान्वयन गरी मुलुकलाई निकास दिने जिम्मेवारी प्रमुख दलहरुको भएको भन्दै उनले कांग्रेसले सहमतिका लागि दलहरुसँग छलफल अगाडि बढाइरहेको पनि बताए ।
सबै राजनीतिक दलहरुबीचको एकतामा आफूले जोड दिएको भन्दै कोइरालाले विजयादशमीले सबै राजनीतिक शक्तिलाई एकठाउँमा ल्याउने विश्वास पनि व्यक्त गरे।

विजयादशमी खुसी र हर्षको पर्व भएको भन्दै आयोजित सांस्कृतिक कार्यक्रममा नेता र कार्यकर्ताहरु नाचागानमासमेत सहभागी भएका थिए ।इमेजखबरमा खबर छ ।