हिन्दी भाषाले किन प्राथमिकता पायो ? संसद बैठकमा सांसदहरुको चर्को आपत्ति, (भिडियोसहित)

सरकारले विदेश नीतिलाई हल्कारुपमा लिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
दसैंपछि आइतबार बसेको व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले विदेश नीति असन्तुलित भएको भन्दै आपत्ति जनाएका हुन् ।
एमालेका सांसद राजन भट्टराईले भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने भनिएपनि त्यसो नभएको भन्दै विदेशी नीति सन्तुलित बनाएका छौं कि छैनौं ? भन्दै प्रश्न गरे ।
यस्तै, नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले पनि देशको हितमा परराष्ट्रनीति बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सिंहदरबारदेखि संसद बैठकसम्म हिन्दीमोह देखिएको भन्दै आपत्ति जनाए ।
उनले हिन्दी भाषालाई संविधानको अनुसूचीमा राख्नुपर्ने विषयले किन प्राथमिकता पायो ? भन्दै प्रश्न गरे ।
बैठकको शून्य समयमा सांसदहरुले सडक विस्तार, उपत्यकाको ट्राफिक व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति, डा. गोविन्द केसीका मागलगायतको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा खबर छ ।

भिडियो हेर्नुहोस्