लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने: संयुक्त विद्यार्थी संगठन

    
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव छिटो पारित गराउन माग गर्दै विद्यार्थीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सांसदहरुलाई खबरदारी भन्दै जुलुस निकाले ।जुलुस बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतले लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । कान्तिपुरले लेखेको छ ।