संविधानको कार्यान्वयनका लागि संसोधन अनिवार्य : डा शशांक कोइराला

    
     नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकमानसिंह कार्की विरुद्धको महाअभियोगबारे हतारको निर्णयले सरकार माथिनै दबाब सृजना हुन सक्ने बताए । अन्य दलले हतारमा ल्याएको महाअभियोगको प्रस्तावले सृजना गराउन सक्ने असरको पूर्वानुमान बेगर कांग्रेसले निर्णय नगर्ने कोइरालाले बताए ।
 
सुनसरीको इनरुवामा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, कुन दलले के भनेर के गर्दैछ भन्दापनि वास्तविकता के हो त्यो नबुझी नेपाली कांग्रेसले कुनैपनि निर्णय गर्दैन ।
कोइरालाले हचुवाको भरमा गरिएको निर्णय भन्दा पनि बुद्धिमत्ता पूर्वक वास्तविकताको छिनोफानो सहितको निर्णय मूलुकका लागि हितकर हुने भएकाले कााग्रेस सोही गतिमा अघि बढेको कोइरालाको भनाइ छ ।
संविधानको कार्यान्वयनका लागि संसोधन अनिवार्य भएकाले असन्तुष्ट पक्षलाई समेत साथ लिएर अघि बढ्नु नै राष्ट्र हितमा हुने उनको भनाइ छ । चियापान तथा शुभकामना आदानप्रदानमा बोल्दै संविधान निर्माण पछिको कार्यान्वयनको चुनौति पनि कांग्रेसको काँधमा नै रहेको बताए ।

कान्तिपुरबाट