मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा हुँदा हाम्रोमा नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फ्यू मित्रता भारी पर्ने भो: राजेश हमाल

  
      बुधबार नेपालको राजकिय भ्रमणमा नेपाल आइपुगेका प्रणव मुखर्जीको भ्रमणमा सरकारले लगाएको अघोषित किसिमको कर्फ्यू शैलीको चौतर्फी विरोध भइरहेको छ। सरकारको बिदा दिने तथा मुखर्जीको सवारीका क्रममा सरकारले देखाएको रवैयाप्रति अभिनेता राजेश हमालले असन्टुष्टि पोखेका छन्।


उनले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै मुखर्जीको भ्रमणमा सरकारको कार्यशैलीको विरोध गरेका हुन्। उनले फेसबुकमा मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा हुँदा हाम्रोमा नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फ्यू मित्रता भारी पर्ने भो, लेखेका छन्।

पछिल्लो समय फिल्मभन्दा विभिन्न सामाजिक क्रियाकलापमा व्यस्त हुने गरेका हमालले यसअघि सोनाक्षी सिन्हालाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारी जानाले आफूले लज्जा महशुस गरेको लेखेका थिए।