औचित्य पुष्टि गरे ,संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सक्ने संकेत नेकपा एमालेका शीर्ष नेताहरुले गरेका छन् ।
एमाले दुई नम्बर प्रदेश कमिटीले बिहीवार विजया दशमी, ईद, दीपावली र छठ पर्वको अवसरमा यहाँ आयोजन गरेको चियापान समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा महासचिव ईश्वर पोखरेलको एउटै बोली थियो कुनै पक्षले संविधान संशोधन किन गर्नुपर्ने हो, यस विषयमा प्रष्ट पारेका छैनन् । तर औचित्य पुष्टि गरे संविधान संशोधनमा एमाले अवरोध गर्ने छैन ।
एमाले शीर्ष नेताहरुले संविधान सभाद्वारा जारी नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका थिए । ९० प्रतिशतभन्दा अधिकको समर्थनमा जारी संविधानलाई अधुरो भन्नु उचित नभएको तर्क एमाले वरिष्ठ नेता माधव नेपालको थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले संविधानको विशेषता गनाउँदै भने, यो लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील तथा समाजवाद उन्मुख संविधान हो । यसमा खोट निकाल्नु अनुचित हो ।
कान्तिपुरबाट