सुर्य भुसाल
पोखरा । नेपाल तरुणदलको केन्द्रीय सदस्य मा उमेदबार घोषणा गरेका तरुण नेता कपिल पोख्रेलले अाफुले चुनाब जिते तरुणहरुको पक्षमा डटेर काम गर्ने बताउनु भएको छ।
अागामी २७, २८ र २९ गते पोखरामा हुने तरुणदलको चौथो माहाधिबेसनमा अाफु केन्द्रीय सदस्यमा उमेदवारी दिने बताएका तरुण नेता युबा ब्यबसाहि सामाजिक ब्यक्ति कपिल पोख्रेल चुनावी तैयारीका लागि पोखरा अाईपुगेका छन ।
पोखरामा उनले तरुण दलको अधिबेशनको तैयारी र अाफ्नो उमेदबारी तथा चुनाबी प्रचार प्रचारका लागि पोखरा पुगेको बताए । पोखरामा चुनाबी माहोल तातेर गएको छ। केन्द्रीय सदस्यका उमेदवार पोख्रेलले अाफुले संगठनका लागि दिन रात खट्ने बताउदै अाफुलाई मतदिएर केन्द्रीय सदस्यमा जिताउनका लागि अाग्रह गर्नु भयो । उहाले अाफु निर्बाचित भएमा युबा स्वरोजगार युबाहरुलाई स्वदेश मै रोजगारी दिने ब्यबस्थापन मिलाउने तथा अन्ययुवाहरुका लागि नयाँ योजना ल्याउनका लागि पहल गर्ने बताउनु भयो ।
पोख्रेल अहिले अाफ्नो प्रचारका लागि देशदौडाहामा हिडेका छन अर्घाखाँचीको पणेनामा जन्मिएका पोख्रेल अहिले काठमान्डौमा ब्यबसाय गर्नुको साथै सक्रिय तरुणदलको राजनीति गर्दै अाएका छन । तरुण नेताहरु अहिले पोखरा अाउने क्रम बढेर गएको छ । अाफुलाई मतदान गर्न उमेदवारहरुले अाग्रह गरेका छन ।