मुगुमा रारा गाउँपालिकाको माग गर्दै मसाल जुलुस प्रदर्शन

 
    जिल्लास्थित धैनकोट, कालै, र रारा गाविसका स्थानीयले रारा गाउँपालिकाको माग गर्दै शनिबार साँझ गमगढीमा बृहत मसाल जुलुस प्रदर्शन गरेका छन् ।
      
महाकाली नमुना उमाविको चौरबाट सुरु भएको मसाल जुलुस जिल्ला अदालत अगाडि पुगेर समापन गरिएको छ । रारा गाउँपालिका कायम गर भन्दै गमगढीमा तीन गाविसका स्थानीयले बृहत मसाल जुलुस प्रदर्शन गरेका छन् ।
      
उक्त मसाल जुलुसमा रारा, धैनकोट र कालै गाविसका युवा महिला पुरुष र बृद्धा समेतको सहभागिता रहेको छ । मागको सुनुवाई नभएसम्म निरन्तर कडा आन्दोलन जारी राख्ने संर्घष समितिका संयोजक दानबहादुर शाहीले बताए । 
      
आइतबार जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय कब्जा गरि सरकारी कामकाज ठप्प राख्ने आन्दोलनकारी जानकारी गराएका छन् । शनिबार बिहान सभासद मोहन बानियाँलाई ज्ञापन पत्र पेश परेका छन् ।

      
 सभासद लाई पेश गरेको ज्ञापनमा तीन गाविसको गाउँपालिका कायम गर्न आयोगसँग पहल गर्न उल्लेख गरिएको छ । स्थानीयबासीको मागलाई मध्यनजर गरि आयोगसँग पहल गर्ने साभसद बानियाँले बताए ।
     
रारा गाउँपालिका माग गर्दै आन्दोलन सुरु गरेको ८ औं दिन पुगेको छ । प्रति दिन आन्दोलन चर्कन थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि गमगढी बजारमा सुरक्षाबल कढाई गरेको छ ।
      
स्थानीय तह पुनर्संरचना प्राबिधिक समितिले मुगुको चार भेगको चार गाउँपालिका सिफारिस गरि आयोगमा पठाए पछि रारा, कालै र धैनकोट गाविसका स्थानीयले बिभिन्न बिरोध प्रदर्शन जारी राखेका छन् ।
      
प्राकृति साधन जल, जमिन, जंगल, जडिबुटीले भरिपूर्ण भौगोलिक बिकटता गरिवीको रेखामूनि रहेको तीन गाविस लाई जोडेर रारा गाउँपालिका घोषणा गर्नु पर्ने रारा, कालै र धैनकोट गाविसका स्थानीयको माग छ ।


कान्तिपुरबाट