निर्बाचनको घोषणा केही दिनमै हुन्छ: मन्त्री गिरी

       
सुरेश श्रेष्ठ
नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम सिचाई मन्त्री दिपक गिरीले स्थायिन तहको निर्बाचन मिती केहीदिन मै घोषणा हुने बताउनुभएको छ । सरकारको अर्जुन द्धष्टी संबिधान कार्यान्वयन नै भएकाले त्यसका लागि निर्बाचन आबश्यक छ र वातावरण बन्दै गएको उहाले दाबी गर्नुभयो ।

 रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले भन्नुभयो प्रमुख प्रतिपक्ष दल एमालेले लगायतका दलहरुसगको बार्ता केहीदिन भीत्र सकारात्मक रुपमा टुङिने र त्यसको लगतै निर्बाचन घोषणा हुने जानकारी दिनुभयो । बार्ता सकारात्मक रुपमा अगाढी बढेको र यस्तै वातावरणमा अगाढी बढे दुई तिन दिनमा टुङीने बिश्वास ब्यक्त गर्नुभयो । लामो समयदेखिको राजनीतिक अन्यौलताको अब अन्त्य हुने उहाको बिश्वास छ ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटघाट र सम्बादलाई निरन्तता दिनुभएको बताउनुभयो । सरकारले सबै पक्षसग समन्वय गरि सहमतिका आधारमा निर्बाचन घोषणा गर्ने तयारीमा जुटेको बताउनुभयो । अब निर्बाचनको घोषणा गर्ने र पटक पटक सार्ने अबस्थाको सृजना नहुने समेत उहाले बताउनुभयो ।

सहमती जुटे तोकिएकै समयमा स्थानिय निकायको निर्बाचन हुने बताउनुभयो । उहाले सरकारी वकिलहरु मध्येबाट न्यून न्यायाधिस भएकोमा असन्तुष्टी देखिएको बताउनुभयो । वकिलहरुको आन्दोलन सरकारले तत्कालै मिलाई हाल्ने दाबी गर्नुभयो । उहाले प्रदेश नम्वर ५ को सिमाकंन हेरेफेरका कारण देश नटुक्रने बताउनुहुदै मधेस र थारु समुदायको उचित माग सम्बोधन हुने बताउनुभयो ।