पहिलो प्रकासित मिती – पौष-२८, २०७३
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,अर्घाखाँची । पाँच नम्बर प्रदेशभित्रका नेताहरुले जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने भन्दै अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।
गत मंसिर १४ गते पाँच नम्बर प्रदेश बिभाजन सहित सरकारले संबिधान संशोधन प्रस्ताव अगाडि बढाएपछि मंसिर १५ गतेबाट संयुक्त संघर्ष समिति गठन गरि सुरु भएको आन्दोलन अन्र्तगत सन्धिखर्कको शान्ति बंगैचामा सम्पन्न भएको बिरोध सभामा बोल्ने बक्ताहरुले कसैको उक्साहटमा लागेर सरकारले जनबिरोधि कदम चालेको भन्दै राष्ट्रिय हितको निम्ती संशोधन प्रस्ताब खारेज गरि निर्बाचनमा जानुकोे बिकल्प नभएको जिकिर गरेका छन् ।
शान्ती बगैचाबाट नाराजुलुस सहित बिरोध य्राली निकाली सन्धिखर्क बजार परिक्रमा पछि पून शान्ति बगैचामा पुगेर सभामा परिणत भएको सभालाई संबोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा भएको आन्दोलन जायज भएको भन्दै संबिधान कार्यान्वयन र राष्ट्रिय हितको निम्ती सरकारले संशोधन बिद्ययक खारेज गर्नुपर्ने बताउनुभयो । नेत्री भुसालले संविधान कार्यान्वयनको निम्ती चुनाबको तयारी गर्न छोडेर संविधान संशोधन तर्फ लागेर सरकारले गल्ती गरेको बताउनुभयो । उहाँले संविधान निर्माणमा जस्तै कार्यान्वयनको निम्ती पनि सबै दल एक ठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय राजनिति मिलाउनको निमित्त चुनाबी सरकार गठन गर्नुपर्ने जिकिर गर्नुभयो ।
नेपाली कांगे्रसका नेता डाक्टर राम बहादुर बि.सी.ले नेपालमा राष्ट्रिय जनमोर्चाले संघियताले देश बिभाजन गर्छ भनेजस्तै अध्ययन बिना ल्याइएको संघियता देश र जनताको हितमा नहुनेभए नेपाली जनताले नै संघियताको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
ने.क.पा.एमालेका नेता रामजी घिमिरेले अरुको उक्साहटमा लागेर सरकारले राष्ट्र र जनताको हित बिपरित ल्याएको संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने जिकिर गर्दै यदी सरकारले जर्बजस्ती बिद्ययक पास गर्न खोजेमा जनताले सरकारकै बिरुद्ध निर्णायक लडाई लड्ने बताउनुभयो ।नेता घिमिरेले जनताको भावना बिपरित सरकार अगाडि बढेमा देश द्धन्द्धमा जाने भन्दै सरकारलाई सचेत हुन आग्रह समेत गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी-राप्ती क्षेत्रिय उपाध्यक्ष शेर बहादुर बि.सी.ले अहिलेको संशोधन प्रस्ताव भारतको डिजाइनमा नेपाल सरकार उसको एजेन्ट बनेर ल्याएकोले संशोधन बिद्ययक जसरीपनि खारेज गर्नुपर्ने बताउनुभयो ।नेता बि.सी.ले अहिलेको संशोधन बिद्ययक पास भएमा भारतको जित हुने र नेपालले ठुलो मुल्य चुकाउनुपर्ने दाबी गर्दै राष्ट्रिय हितको निम्ती बिद्ययक फेल गराउन सबै राष्ट्रभत्तहरु एक हुनुपर्ने बताउनुभयो ।
यस्तै नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल र नयाँ शक्ति नेपालका नेता खिम बहादुर बि.क.ले जनप्रतिनिधिहरुको सरकारले जनबिरोधि काम गर्न नहुने भन्दै अखण्ड पाँच नम्बर प्रदेशके सुनिश्चितता नभए आफुहरु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका अध्यक्ष कविराम खनालको संचालनमा सम्पन्न भएको हो ।