एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने

एनसेलका ग्राहकहरुले बुधबारदेखि मोबाइल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने भएका छन् ।
इन्टरनेट सबैका लागि थिमअन्तर्गत मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना फेसबुक फ्रि मंगलबार सार्वजनिक गरेको थियो । आज (बुधबार)देखि सुरु हुने फेसबुक फ्रि अफर ९० दिनसम्म जारी रहनेछ ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सीबाहेक)बाट फेसबुकमा नि:शुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । यो अफर लागू भएपछि फेसबुक पेजमा गो टु फ्रि बटन स्वत: देखिने छ । उक्त बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको नि:शुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् । कान्तिपुरमा समाचार छ ।