स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत् रहँदामात्र पदमा बस्न पाउने भएका छन् ।
यसअघि, निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भएपनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत् रहँदासम्ममात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालयले गरेको छ ।
त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए ।
उनकाअनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी संगठनसँगको छलफलपछि त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम