बैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर उठाउने भएको छ । उनको नाम सर्वसम्मत उम्मेद्वारको रुपमा केन्द्रमा पठाइएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले बताए ।
एमाले र कांग्रेलाई उम्मेदवार छान्न सकस परिरहेको समयमा माओवादी केन्द्रले भने १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिकाको वडासहितको उम्मेदवार टुंगो लगाएर चुनावी प्रचार प्रसार थालेको छ ।
मेयरको उम्मेदवारको रुपमा सिफारिस गरिएकी दाहाल पार्टीको पोलिटब्यूरो सदस्य हुन् । कसैको दवावमा परेर दाहाललाइ उम्मेद्वार बनाईएको होइन, इन्चार्ज भट्टराईले भने, सर्बसम्मतरुपमा उम्मेदवार बनाएर केन्द्रमा पठाएका हौं ।
त्यस्तै महानगरपालिकाको उपमेयरमा सुरेन्द्र गुरुङको नाम सिफारिस गरिएको छ । सबै उम्मेदवारको टुंगो लागेको बारे पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ । हामीले यो समाचार कान्तिपुरबाट लिएका हौ ।