नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने

File photo
 नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ ।
बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ ।