मुस्ताङमा उम्मेदवारहरु धमाधम निर्विरोध निर्वाचित, १३५ सिट मध्ये ४२ पदमा निर्विरोध

 स्थानीय तह निर्वाचनमा मुस्ताङका ५ वटा गाउँपालिका वडा तहका उम्मेदवारहरु धमाधम निर्विरोध निर्वाचित हुन थालेका छन् । निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारहरु रहेका छ्न । कान्तिपुरमा समाचार छ । 
आइतबारसम्म दलहरु र स्वतन्त्र समूहका बैठक बसेर सहमतिमा अन्य उम्मेदवार फिर्ता आफ्नो नाम फिर्ता लिएपछि निर्विरोध हुने क्रम बढेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँका सबै गाउँपालिका गरेर २५ वटा वडाका १ सय ३५ पदमा हुने चुनाव मध्ये ४२ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् । 
कांग्रेसले २०, एमालेले ७, माओवादी केन्द्रले २, राप्रपाले १ र बाँकी पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
हरेक गाउँपालिकामा २७ वटा पद रहेका छन् । दालोमे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् । यो गाउँपालिकामा २७ वटा पदमा २१ जना निर्विरोध निर्वाचित भए भने दलित ४ सदस्यमा उम्मेदवारी नै परेन । निर्विरोध निर्वाचित हुनेमा दालोमे गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेका सटिक डण्डु ठकुरी, सदस्यमा कांग्रेसका टसी लोण्डुप गुरुङ, रिजी आङ्ग्या गुरुङ र छिरिङ ल्यामो गुरुङ रहेका छन् । 
वडा २ मा अध्यक्ष कांग्रेसका पाम्पा बिष्ट, सदस्यमा स्वतन्त्र कर्साङ ठकुरी, थुप्चेन छिरिङ गुरुङ, छिदिक पासाङ गुरुङ, वडा ३ मा अध्यक्ष कांग्रेसकै सन्तुक ढावा गुरुङ, सदस्यमा छिरिङ कुन्जुङ गुरुङ, न्याम्ग्याल गुरुङ, घुम्चे गुरुङ र दलित कोटाबाट एमालेकी फुलमाया बिक चुनिएका छन् । 
वडा नं ४ मा कांग्रेसबाट अध्यक्ष छिरिङ गोम्वो गुरुङ, सदस्य घ्याङ छेसा गुरुङ, पेमा ढोका गुरुङ, एमालेका टेपापा गुरुङ वडा ५ मा अध्यक्ष कांग्रेसका छेतुक गुरुङ, सदस्यमा कर्म स्याङ्वो गुरुङ, छुप्ती गुरुङ र एमालेका पासाङ गुरुङ निर्बाचित भएका दालोमे गाउँपालिकाका अधिकृत जनक रेग्मीले जानकारी दिए । यो गाउँपालिकामा ४ वटा दलित महिला कोटा खाली छन् ।
 
त्यस्तै, लोमान्थाङ गाउँपालिका वडा ३ बाट आङछिरिङ गुरुङ र वडा ५ सदस्यमा कांग्रेसकै कर्च्याङ बिष्ट निर्विरोध निर्वाचित भए । घरपझोङ गाउँपालिकामा १९ जना निर्विरोध निर्वाचित भएका छन् । वडा नं मा अध्यक्ष एमालेका आइतप्रसाद थकाली, सदस्यमा कांग्रेसका आसबहादुर थकाली, बिनोद थकाली, एमालेकी दुर्गादेवी रसाइली र माओबादी केन्द्रकि जैकला बिक रहेका छन् । 
वडा नं २ मा माओवादी केन्द्रका फिरोद लालचन, राप्रपाका लालप्रसाद हिराचन, कल्पना हिराचन र स्वतन्त्र माया नेपाली निर्बाचित भए । यो वडामा अध्यक्ष निर्विरोध भएको छैन । वडा ३ मा अध्यक्ष एमालेका महेन्द्र थकाली, सदस्यमा कांग्रेसका स्वतन्त्रकुमार थकाली, स्वतन्त्रका आइरन थकाली, शान्ता थकाली र बिष्णु नेपाली परियार निर्विरोध भए । 
वडा नं ४ मा कांग्रेसका अध्यक्ष यामप्रसाद थकाली बिजयी भए । वडा नं ५ मा अध्यक्षमा कांग्रेसका वीरेन्द्र थकाली, तेन्जिङ थकाली, संजय थकाली र स्वतन्त्रबाट लेइती गुरुङ निर्बिरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै निर्विरोधको नामावली निर्वाचन आयोगमा पठाइसकिएको प्रमुख निर्वाचत अधिकृत बलराम त्रिपाठीले जानकारी दिए  ।
 
५ गाउँपालिका मध्ये बाह्गाउँ मुक्तिक्षेत्र र थासाङमा कुनै पनि पदमा निर्विरोध भएको छैन । एक पदमा एक मात्र उम्मेदवार भएपछि स्वत: निर्विरोध हुने भएकोले मतदानको प्रक्रियामा लैजान नपर्ने निर्बाचन बिधानमा उल्लेख छ । निर्विरोध भएका क्षेत्रमा उपल्लो मुस्ताङ हो । 
गाउँका सबै भेला भएर चुनावमा नजाने निर्णय गरेर निर्विरोधलाइ प्राथमिकता दिइएको कांग्रेस जिल्ला उपाध्यक्ष नोर्वु गुरुङले बताए । सबै दलका युबा नेताहरुले दाजुभाइ बिच चुनाव नलड्न अनुरोध गर्दै निर्विरोधको प्रक्रिया चालेका हुन् । निर्विरोध बनाउनका लागि उम्मेदवार फिर्ता गर्न युवाहरुले पहल गरेका छन् । 
सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा पनि सहमति र सहकार्यका साथ निर्बिरोधलाइ प्राथमिकता दिइएको कांग्रेसका युवा नेता विजय हिराचनले बताए । मुस्ताङको तल्लो भेगमा रहेको थासाङ गाउँपालिकामा कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता लिन नमानेपछि सबै पदमा प्रतिष्पर्धा हुने निर्वाचन कार्यालयले जनाएको छ । कान्तिपुरमा समाचार छ ।