आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम

निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहितामार्फत निर्वाचन सम्बन्धी प्रचार-प्रसारको लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो ।

 निर्वाचन आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न, टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने भनेपछि चुनाव सम्बन्धी प्रचार-प्रसार सामाजिक सञ्चालदेखि घरदैलो अभियानमा सीमित भएको छ । यस पटकको निर्वाचनमा निर्वाचन आचारसंहितालाई अत्यन्त कडाइ गरिएको हुँदा समग्रमा उम्मेदवार र पार्टीले पनि कार्यान्वयन गरेको पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत मुख्य राजनीतिक दल र तिनका उम्मेदवारले ठूल-ठूला कोण सभा वा भित्ते लेखन गर्नेभन्दा पनि फेसबुक, ट्विटर, भाइवर, युटुव, एसएमएसलगायतका नयाँ प्रविधिलाई निर्वाचन प्रचार प्रसारको माध्यमका रूपमा प्रयोग गर्दैआएका छन् । राजनीतिक पार्टीले आ-आफ्नो फेसबुक पेज बनाएर प्रचार प्रसार थालेका छन् । 
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । काठमाडौँ महानगरपालिका नगरप्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोल, विद्या सुन्दर शाक्य, राजुराज जोशी, किशोर थापा र रञ्जु दर्शनालगायतले आफूहरूले आचारसंहिताभित्रै रहेर चुनावी प्रचार गरिरहेको दाबी गरे।  आयोगले आचारसंहिताविपरीत ललितपुरमा मोटरसाइकल