मतदातामा निर्वाचनप्रति निकै उत्साह

मतदाता परिचयपत्र लिन मतदान केन्द्रहरुमा पुगेका मतदातामा निर्वाचनप्रति निकै उत्साह रहेको पाइएको छ ।
मतदान केन्द्रहरुमा खटिएका कर्मचारी पनि उत्तिकै उत्साहका साथ बुथ निर्माणमा लागेका छन् ।
ललितपुरको जवालाखेलस्थित वडा नम्बर-४ को कार्यालयमा पनि मतदाता परिचयपत्र वितरण गर्न कर्मचारीलाई भ्याइ-नभ्याइ थियो ।
मतदाताहरु बिहानैदेखि निकै उत्साहित हुँदै परिचयपत्र लिन आएको मतदान अधिकृत तीर्थ चिलुवालले बताए ।
मतदाता परिचयपत्र वितरणसँगै बुथ निर्माणको काम पनि धमाधम भइरहेको छ ।
काठमाडौंको वडा नम्बर-२३ स्थित नव आर्दश माध्यामिक विद्यालय परिसरमा पनि बुथ निर्माणका कर्मचारी र स्थानीय लागिपरेका पाइयो ।
कर्मचारीहरुले मतदाता परिचयपत्र वितरणसँगै मतदानको तरिकाबारे पनि बताइरहेका थिए । इमेजखबरमा समाचार छ ।