निर्वाचन उत्साहप्रद, मतदान जारी

बिहान ७ बजेदेखि स्थानीय तहको मतदान सुरु भएको छ । 

२० वर्षपछि हुन लागेको चुनावको पहिलो चरण अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि चुनाव भइरहेको छ। 
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा दुइटा केन्द्रमा मात्रै अबरोध भएको जनाएको छ । 
दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको आयोगको संयुक्त निर्वाचन परिचान केन्द्र (जेईओसी)ले जनाएको छ। – सेतोपाटीमा समाचार छ ।