वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको औपचारिक जानकारी निर्वाचन आयोगले दिएको छ ।
कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, बिहीबार बिहान १० बजेसम्ममा ९४ स्थानीय तहको मतगणना सकिएको छ ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख/अध्यक्ष ९४, उपाध्यक्ष/उपप्रमुख ९४, वडाध्यक्ष ७७८, वडा सदस्य एक हजार १८२, महिला सदस्य ५९५ र दलित महिला सदस्य ५४२ निर्वाचित भएका आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।