निर्वाचन आयोगद्वारा स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी

निर्वाचन आयोगले मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी गराएको छ। बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले सरकारलाई उक्त जानकारी गराएको हो। 

अहिले नै स्थानीय तह थप गर्ने हो भने जेठ ३१ दोस्रो चरणको निर्वाचन गर्न गाह्रो हुन्छ भनेर हामीले प्रधानमन्त्रीलाई जानकारी गरायौंं’, बैठकमा सहभागी निर्वाचन आयुक्त इला शर्माले भनिन्, ‘हाम्रो कुरा सुनेर प्रधानमन्त्री कुनै जवाफ दिनुभएन।
 बिहान आयोग पदाधिकारीसँग छलफल गरेका प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिइसकेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वीरगञ्ज र विराटनगरलाई महानगर घोषणा गर्दै तराईका विभिन्न जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको थियो। 
निर्वाचन पहिला स्थानीय तहमा चुनावका लागि सबै तयारी गरिसकेको हुँदा थप २२ वटा स्थानीय तहमा चुनाव गर्न तयारी नपुग्ने निर्वाचन आयोग तर्क छ। 
स्थानीय तह थप्ने निर्णय प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ। सोही निर्णयको विरोध एमालेले संसदमा अवरोध जारी राखेको छ। – इमेजखबरमा समाचार छ ।