प्रमुुख निर्वाचन आयुुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने बताएका छन् ।
सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगको पनि निश्चित सीमा हुने भन्दै घोषित मिति परिवर्तन गर्न नसकिने बताए ।
उनले सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्वाचन हुनेमा ढुक्क रहन आग्रहसमेत गरे ।
सबैलाई निर्वाचनमा सहभागी हुुने वातावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन-कानुुन संशोधन गरिसकेको र मितिसमेत पर सार्दै गएकाले अब पुनः मिति सार्र्ने कुुरा मान्य नहुने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।