तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी

प्रदेश नम्बर १, ५ र ७ का सबै जिल्लामा मतगणना जारी रहेको छ । 
निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भएको हो । 
दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा ४७८ मत ल्याएर कांग्रेस उम्मेदवार विजयी भए भने उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ५४९ मत ल्याएर विजयी भए । 
उनीहरुका निकटतम प्रतिद्धन्द्धी फोरम लोकतान्त्रिकका उम्मेदवारहरुले प्रमुख र उपप्रमुख पदमा ४३६ र ३५२ मत ल्याए ।