दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको छ । शनिबार दिउँसो सवा १ बजेसम्म ९१ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमाले ४२ स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको हो । 
त्यस्तै कांग्रेस ३२ स्थानमा  जितेर दोस्रोमा छ भने माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको छ । स‌ंघीय समाजवादी फोरम नेपाल एक, राष्ट्रिय जनमोर्चा १ र  अन्य पार्टीले १ स्थान जितेका छन् । 
थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो । असार १४ गते बुधबार प्रदेश नं. १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतदान भएको थियो । कान्तिपुरमा समाचार छ ।