धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना

निर्वाचन आयोगले धरान उपमहानगरपालिका वडा नम्बर-९ र १० को पुनः मतगणना गर्न निर्देशन दिएको छ ।
मतगणनाकाक्रममा कर्मचारीले लापरबाही गरेको भन्दै नेपाली कांगे्रस, राप्रपा र संघीय समाजवादी फोरमलगायत दलले मागसँगै आन्दोलन गरेपछि निर्वाचन आयोगले पुनः मतगणना गर्न निर्देशन दिएको हो ।
गत सोमबार मतगणनकाक्रममा संघीय समाजवादी फोरमको मत नेकपा मालेको नाममा गणना गरिएको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो ।
आयोगको निर्देशनपछि पुनः मतगणना गरिने सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी गराए । इमेजखबरमा समाचार छ ।