बिहीबार काठमाडौंमा तराई
मधेसका बुद्धिजीवीहरुसँग भएको
अन्तरक्रियामा उनले विदेशी एजेन्सीहरुले देश चलाउन हुँदैन भन्ने आफ्नो र आफ्नो
पार्टीको मान्यता रहेको बताए ।
सबै देशको सार्वभौमिकता समान हुने
भन्दै अध्यक्ष ओलीले एजेन्सीहरुको चलखेल रोक्न खोज्नु कुनै देशविरुद्धको काम
हुँदैन भने ।
स्थानीय तहको निर्वाचनपछि आफूले
माओवादीलाई सरकार दिने सहमति भएको र त्यस्तै एजेन्सीको प्रभावले आफ्नो सरकार
ढालिएको जिकिर पनि उनको थियो ।
संविधान संशोधन वा मधेसको समस्या
समाधान गर्न आफ्नो पार्टीसँग छलफल र सहमति हुनुपर्ने भन्दै उनले सँगसँगै राष्ट्रिय
सहमतिको सरकार पनि बन्नुपर्नेमा जोड दिए ।



