एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा

नेकपा एमालेले तेश्रो चरणअन्तर्गत
आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको
प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ ।

प्रमुखमा बसरुद्धिन अन्सारी र
उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो ।

अन्सारी भर्खरै नेकपा (एमाले)मा
प्रवेश गरेका हुन्। उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत
हुन्। सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी
हुन् ।

एमाले महासचिव ईश्वर पोखरेलको
उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः
वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको छ ।

प्रदेश नं २ का एमाले प्रमुख
सत्यनारायण मण्डल
, उपप्रमुख नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह
लगायतका नेताको सहभागितामा सम्पन्न सो बैठकले आगामी असोज २ गते हुने स्थानीय तहको
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पाँच वटा समूह बनाएर सांसद महिला
, दलित र विद्यार्थी नेतालाई परिचालन
गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख डा विश्वभर शर्माले बताए। रासस
लाई उदृत गर्दै सेतोपाटीले छापेको छ ।