एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो

अभियानका बेला तनाव थियोएमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित
गरिएको थियो
,’ उनले भने,’अहिले सबैले वास्तविक कुरा बुझिसके।

उनले राजविराजमा एमाले अब चुनाव
जित्ने अवस्थामा रहेको दाबी गरे।

सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा
डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।

उनी एमालेका पूर्वसांसद हेमनारायण
यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने
क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई
नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको
निष्कर्ष छ।

उनका छोरा डा.नवीन यादव एमाले छोडेर
मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका
हुन्।

सिराहाको अर्को  नगर लाहानमा मुन्नि साह मेयर
उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट
यहाँको मेयरमा निर्वाचित भएका थिए।

उनी बीचमा केहीसमय माओवादीमा पनि
सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।

अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप
महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय
सदस्य हुन्।

महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका
लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल
,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु
पोख्रेलले जानकारी दिए।

सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको
मेयरमा  देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले
जानकारी दिए।

पन्तका अनुसार सर्लाहीका सबै स्थानीय
तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको
थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।

अब प्रदेश कमिटीले पनि निर्णय
गरिसकेको छ
,’ अध्यक्ष पन्तले भने,’उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु
भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाको
मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तै
बाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष
विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा शम्भु साह
सिफारिस भएका छन्। उनी
  एमाले गौर नगर
कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको
जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।

रौतहटको अर्को महत्वपूर्ण नगरपालिका
चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी
युवा संघको पृष्ठभूमिबाट आएका हुन्।

सेतोपाटीबाट