पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु

पाल्पा रामपुर नगरपालिका-६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । 
मृत्यु हुनेमा रामपुर नगरपालिका-६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।
दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेकी थिइन् । मतदान गरे लगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै कुमालको मृत्यु भएको हो । (रासस)