प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE

मत गणना अनुसार एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ एमालेले ५० प्रतिशत भन्दा बढी स्थानमा जित हात पारेको छ । 
प्रतिनिधिसभामा कुल ११२ स्थानको मत परिणाम आउँदा ६३ स्थानमा एमालेले जितेको छ । दोस्रो स्थानमा २४ सीट जितेर माओवादी केन्द्र रहेको छभने नेपाली कांग्रेसले १३ सीट जितेको छ । अन्य दलहरु तथा स्वतन्त्रले १२ सीट जितेको छ । 
त्यसैगरी अग्रतापनि एमालेले नै लिएको छ । एमालेले १६ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्र र कांग्रेसले १०/१० स्थानमा अग्रता लिएको छ । अन्य दलहरुले १५ स्थानमा अग्रता लिएको छ । 
त्यसैगरी प्रदेशसभातर्फ २१४ क्षेत्रको परिणाम आउँदा ११४ क्षेत्रमा एमालेले जितेको छ । माओवादीले ५०, कांग्रेसले २८ र अन्य दलहरुले २२ प्रदेशसभामा जित हात पारेको छ । 
त्यस्तै प्रदेशसभा तर्फपनि एमालेले ३७ स्थानमा अग्रता लिएर सबैभन्दा अघि छ । माओवादी केन्द्रले २०, कांग्रेसले १५ र अन्य दलहरुले २४ स्थानमा अग्रता लिएको छ ।  कान्तिपुरमा समाचार छ ।