बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्दारा खारेज


कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो ।
राष्ट्रपतिले माफी दिइ छुटिसकेको अवस्थामा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेशमा उल्लेख छ ।
रिट निवेदक अधिवक्ता दिनेश त्रिपाठीले यो आदेश विधिको शासनको बर्खिलापमा रहेको बताए ।
ढुंगेल गणतन्त्र दिवसका अवसरमा बाँकी कैद माफी भएपछि मंगलबारै जेलमुक्त भएका छन् ।
काठमाडौंको डिल्लीबजार कारागारबाट ढुंगेल मंगलबार बिहान ७ बजे नै छुटेका हुन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८१६ जनाको कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन् । इमेजखबरमा समाचार छ ।