काठमाडौं, जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधबार (भोलि) देखि हरेक हप्ता प्रत्यक्ष प्रसारण हुने भएको छ। यसअघि यो कार्यक्रम पाक्षिक रूपमा प्रसारण हुँदै आएको थियो। कथा नेपालले निर्माण गरिरहेको कार्यक्रम साउन २ र साउन १६ गते रेकर्ड गरेर प्रसारण गरिएको थियो।
भोलिदेखि कार्यक्रम नेपाल टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन, एबीसी टेलिभिजन र जनता टेलिभिजनमा राती ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुने कार्यक्रमका संचालक तथा निर्माता मनोज पाण्डेले बताए।
साथै ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको फेसबुक पेज र ‘हाम्रो कथा’ युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।
यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जालहरू फेसबुक र ट्विटरमार्फत् प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यवस्था मिलाइएको छ।
टेलिफोनमार्फत् प्रश्न राख्न कार्यक्रम सुरू भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१–४२००५१२ र ०१–४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा ट्विटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाइने व्यवस्था मिलाइएको कथा नेपालले जनाएको छ । सेतोपाटिमा खबर छ ।



