बुटवल , प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय तहले कानुन विपरितका निकासी कर उठाएको भन्दै उजुरी समेत परेको उल्लेख गर्दै यस्तो कार्यले संघीयताप्रति नै नागरिकको वितृष्ण पैदा हुने बताउदै हचुवाको भरमा कर नउठाउन र नागरिकका आर्थिक कृयाकलाप बढ्ने गरी करको दर निर्धारण गर्न निर्देश दिएका छन ।
प्रदेश आर्थिक मामिला योजना मन्त्रालयले बजेट र राजस्व सम्बन्धी व्यवस्थाका सम्बन्धमा शुक्रबार रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहसँग गरेको अन्तरक्रियामा बोल्दै उनले नागरिकसँगको संवादले कर तिर्ने संस्कार विकास हुने बताए।
कानुनले निःशुल्क भनेका निःशुल्क नै गर्नुपर्ने भन्दै उनले संविधान र कानुनले जे जे गर्न भनेको छ त्यही गर्न र कानुनले बन्देज गरेको विषयमा प्रवेश नै नगर्न सचेत बनाए । मुख्यमन्त्री पोखरेलले खर्चमा मितव्ययीता र पारदर्शिता देखाउन आग्रह गर्दै पूँजीगत भन्दा चालु खर्च बढी नगर्न स्थानीय तहलाई निर्देशन दिए। ‘जनताबाट असुलेको कर बिलासिताका गाडी, फजुल खर्च र अपारदर्शी ढंगले खर्च नगरौं मितव्ययितालाई मानकको रुपमा विकास गर्नुपर्छ ।