काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तथा न्यूनिकरणका लागि भइरहेको प्रयासका क्रममा मुलुकभर १ हजार ६९७ जनाको स्वाबको नमूना परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्वन्धि तथ्यांक अद्यावधि गर्न शुरु गरेको वेबसाइटमा नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको उल्लेख छ ।शनिवारमात्रै नेपालको पश्चिमी जिल्लाहरुमा थप ३ जना संक्रमित विरामीहरुको पहिचान भएको थियो ।
उक्त वेबसाइटमा आइतवार यो समाचार तयार पार्दाको समय ५ बजेसम्म परिक्षण गरिएको मध्ये १ हजार ६८८ जनामा संक्रमण देखिएको छैन भने ९ जना संक्रमित भएको उल्लेख छ भने देशका विभिन्न भागमा रहेका अस्पतालमा १०७ जना आईसोलेशनमा रहेको उल्लेख छ ।
त्यसैगरी संक्रमित भएकामध्ये १ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको न्यूनिकरण तथा रोकथामको अवस्था बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक दिन नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले उक्त वेबसाइटमा कोभिड–१९ सम्वन्धि पछिल्लो तथ्यांकहरु अद्यावधिक गर्ने गरेको छ ।



