छत्रदेवको ठुलापोखरामा एक घर दुई साबुन वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-दिपक भुसाल  

ठुलापोखरा ।  छत्रदेव गाउँपालिका वडा नं. ६, ठुलापोखरामा एक कार्यक्रम आयोजना गरी “ एक घर दुई साबुन” ९५८ घरधुरीलाई वितरण गरिएको छ । 

छत्रदेव गाउँपालिका कार्यसमिति सदस्य श्री सुन्तली वि.क., बडा नं. ६ वडापालिका सदस्यद्घय   खडानन्द पौडेल र  ज्ञानप्रसाद पाण्डेको समुपस्थितिमा  यस ठुलापोखराका सामाजिक व्यक्तित्व  कृष्ण देव पाण्डे ( पाण्डे स्टोर्स),  भेषराज पौडेल (  पौडेल स्टोर्स),  चन्द्रमणी पौडेल ( वि.जि. स्टोर्स) र कल्पना न्यौपाने ( उपकार मेडिकल हल) को सौजन्यमा सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । 

कोरोना भाइरस बाट आफुपनि बाचौ र अरुलाई पनि बचाउ भन्ने ध्ययका साथ सो कार्यक्रम राखिएको कार्यक्रमका सहजकर्ता  विश्वदेव न्यौपानेले बताउनभएको छ । चेतनामुलक पर्चाका साथ कोरोना भाइरस सम्बन्धी सूचना र सन्देशमुलक  जानकारी सहित यस ठुलापोखराका महिला स्वास्थ्य स्वयंसेविका मार्फत एक घर दुई साबुन  अभियान सम्पन्न भएको आयोजक मध्येका एक प्रतिनिधि श्री मधु पाण्डेले जानकारी दिनुभयो । 

वर्तमान समयमा एक घर दुई साबुन वितरण कार्यक्रम खासै ठुलो सहयोग नभएता पनि यसले कोरोना विरुद्धको लडाईमा ठुलो प्रभाव पार्ने कुरा  जीवन पौडेलले बताउनु भयो ।  सो कार्यक्रममा लायन्स क्लब अफ बुटवल सिद्धबाबाका पूर्व अध्यक्ष  भोजराज पाण्डे समाजसेवी  नेत्रप्रसाद गैरे युवा समाजसेवी   विजय पौडेल,  रुद्धदेव पाण्डे,   नारायण प्रसाद पाण्डे,  रुपनारायण पाण्डे, पत्रकार  नविन पौडेलको समेत सहभागिता रहेको थियो । 

अन्य समाचारहरु