छत्रदेव ७ र ८ देउरालीमा सवारीसाधन थप कडाई, बाटो बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव ७ र ८ देउरालीमा सवारीसाधन राेक्नका लागि थप कडाईका साथ बाटो बन्द गरिएको छ । 
लकडाउनकाे अवधि थपिएसँगै काेराेना संक्रमणकाे जाेखिमबाट बच्न र यसकाे चेन ताेड्न छत्रदेव ७ र ८ देउरालीमा अत्यावश्यक वाहेकका सम्पूर्ण सवारीसाधन राेक्नका लागि थप कडाईका साथ बाटो बन्द गरिएको हो । 
यस्तै गुल्मी रेसुङा ननगरपालिका तर्फको एक नाका (छत्रदेव -८) मा पनि बन्द गरिएको छ । 

अन्य समाचारहरु