छत्रदेव गाउँपालिकाकाे राहत कोषमा निर्माण ब्यबसायी ऋषिराम अधिकारीको परिबारद्धारा १ लाख ११ हजार रुपैयाँ सहयोग


सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको छत्रदेव गाउँपालिकाकाे राहत कोषमा निर्माण ब्यबसायी संघका जिल्ला अध्यक्ष समाजसेवी राजनीतिककर्मी ऋषिराम अधिकारीको परिबारले आर्थिक सहयोग गरेको छ । 
अति बिपन्न परिवारलाई सहयोग पुराउने उदेश्यले छत्रदेब गाउँपालिकाले स्थापना गरिएको बिपत कोषमा अधिकारीको परिबारले स्वर्गीय बुवा दसरथ अधिकारीको सम्झनामा  १ लाख ११ हजार १ सय एघार रुपैयाँ राष्ट्रिय बाणिज्य बैक मार्फत आर्थिक सहयोग गरेको हो । 
छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिका स्थाई घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका अधिकारीले यस अघि जिल्ला अस्पताल अर्घाखाँची तथा छत्रदेव गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनका लागि केहि बेडहरु उपलब्ध गराएका थिए । 

अन्य समाचारहरु