छत्रदेबको सरस्वती मावी सूर्यथुम अर्घातोषले एसईईका विद्यार्थीहरुलाई घरमै बसी स्वअध्ययन गराउने

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) का कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई छत्रदेब गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषको श्री सरस्वती मावी सूर्यथुमले घरमै बसी स्वअध्ययन गराउने भएको छ । 
अर्घातोषको श्री सरस्वती मावी सूर्यथुमले घरमै बसी स्वअध्ययन गराउने भएको हो । विधालयले घरघरमा बिद्यालय भन्ने शैक्षिक कार्यक्रम अनुसार बिद्यार्थीहरूको शैक्षिक समस्या समाधान गर्न विषयगत शिक्षकहरू सहयोग गर्ने छन् ।
एसईई दिने विधार्थीहरुलाई श्री सरस्वती मावी सूर्यथुमका विषयगत शिक्षकहरूले घरमै बसी नजानेका वा अध्ययनको क्रममा आउनसक्ने समस्या समाधान फोन, सामाजिक सन्जाल व्हाट्सएप, भाईबर लगायतबाट पढाउने छन् । 
उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । यस्तै नेपाल टेलिभिजन प्लसमा विहान ११ बजेदेखि ३ बजेसम्म हेर्न सकिनेछ भने युटुबको पहुँचमा हुने बिद्यार्थीहरुले जुनसुकै समयमा हेर्न सकिनेछ।   
बिद्यार्थीहरूले शैक्षिक समस्या समाधान गर्न निम्न तपसिल बमोजिमका विषयगत शिक्षकहरूलाई संपर्क गर्न सक्नेछन् । 
१. महेन्द्र कुमार श्रेष्ठ ( गणित, ऐ.गणित / ९८५७०६१६५५)
२. मान बहादुर पौडेल ( अंग्रेजी / ९८५७०६३११८)
३. जीवन कुमार श्रेष्ठ ( गणित, ऐ.गणित / ९८५७०६३७१२)
४. कृष्ण प्रसाद भुसाल( लेखा, सामाजिक/९८५७०६१९३४)
५. दीपक अर्याल ( विज्ञान /९८४७०७०८६०)
६. रामलाल आचार्य (सामाजिक, नेपाली/९८६६६२३२६२)
७. कृष्ण मुरारी पन्थी (स्वा.ज.वा./९८४७२२७८००)
८. विष्णु प्रसाद भुसाल (नेपाली /९८४७१०९२७६)
९. पिताम्बर पाण्डे ( अर्थशास्त्र ९८४७०१३५६७) 

अन्य समाचारहरु