छत्रदेव गाउँपालिकाले एसईई कक्षा टेलिभिजनबाट संचालन गर्ने, अर्घाखाँचीमा पहिलो पटक

सुर्य भुसाल 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाले एसईई परिक्षा दिने तैयारीमा रहेका बिधार्थीहरुलाई लक्षित गरि स्थानिय टेलिभिजनबाट ट्युसन कक्षा नयाँ बर्षबाट सुरु गर्ने निर्यण सहित कार्यनयन गर्ने भएको छ ।
कोरोना भाइरसका कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई बैसाख १ गते देखि  स्थानीय छत्रदेव टेलिभिजनबाट  बेलुका ७ बजे देखी टिउसन कक्षा संचालन गर्ने निर्यण सहित सम्पूर्ण तैयारी पुरा गरेको गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
 
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो अबधि  भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजकीको लागी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका  प्रमुख प्रसाकिय अधिकृत खिमान्द भुसाले बताउनु भयो । 
गाउँपालिकाले सुरु गरेको सो अभियानमा  सम्पुर्ण एसईई परीक्षा दिनको लागी तयारीमा रहेका विधार्थीलाई टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा हेरेर कक्षा लिन विधार्थीलाई आग्रह गरीएको अध्यक्ष लेखनाथ पोख्रेलको भनाइ छ  ।
यो कक्षा अर्घाखाँचीमा पहिलोपटक छत्रदेव गाउँपालिकाले गर्न सुरु गरेकोले  सहकार्य गर्नको लागी बिधार्थिका  अभिवाकलाई सघाउन आग्रह गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ । गाउँपालिकाले यस्तो नयाँ शैक्षिक योजना बनाएपछि पालिकामा रहेका एस ईई परिक्षा दिने बिधार्थी अभिवाक हर्सित भएका छन ।

अन्य समाचारहरु