आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ ! यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।
यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन।
ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ।
के हो पेनम्ब्रल चन्द्रग्रहण?
सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। यस्तो छायाँ दुइ प्रकारका हुन्छन्: सघन तथा बिरल: यति चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ ( फोटोको दोस्रो चन्द्रमा) जुन सामान्य मान्छेले छुट्याउन सक्दैनन्!
-Source: Nepal Astronomical Society (NASO)



