सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको बजेत तथा कार्यक्रम तर्जमा समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा बसेको सो समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसाल वार्ड अध्यक्षहरु समितिका सदस्यहरुको सहभागितामा घनिभुत छलफल भएको थियो ।
स्थानिय सरकार सन्चालन ऐन, २०७४ काे दफा ६७ बमाेजिम बजेट तथा कार्यक्रम तर्जुमा समितिकाे बैठक बसेर बिभिन्न निर्णयहरु गरेको भुसालले बताउनु भयो ।
बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रणमा दिनरात नभनी जनप्रतिनिधि र कर्मचारी खटिएको सो गाउँपालिकामा दैनिक प्रशासकिय बिकास निर्माणका कामहरु छत्रदेवमा निरन्तर भईरहेका छन् ।
कर्मचारीहरु दिनभर फिल्डमा खटिएर काम गर्ने अनुगमन निरिक्षण गर्ने साँझ बिहान प्रशासकिय काम गर्ने गर्दछन् । बिहान ७ बजे नै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहितका प्राबिधिक कर्मचारीहरु कार्यालययमा आउछन् र बेलुका ८ बजे सम्म सरकारी काममा खटिएका हुन्छन् जनप्रतिनिधि पनि काममा ब्यस्त देखिन्छन् ।