नेता डिलाराम आचार्यको पत्रकार भेटघाट कार्यक्रम, राष्ट्रनिर्माणमा जुटेर एकढिक्का भएर जानूपर्ने उल्लेख

हरि कुँवर 
 अर्घाखाँची – नेकपा भित्रको बारेमा कैयाैं प्रश्नहरु उठ्ने क्रममा अर्घाखाँचीका नेता तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य  डिलाराम आर्चायले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका बिषयमा पार्टी कदापि हार्न नहुने बताएका छन। 
काठमाण्डौमा बिहीबार संवाद क्लव नेपालमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले नेता को लडाइले नेकपा धरापमा पर्ने बताएका हुन ।  लामो समय सम्म पार्टीको लागी त्याग , तपस्या र बलिदान गर्ने, नेता तथा  कार्यकर्ताहरुको जनभावना समेटेर शीर्ष नेतृत्व अघि बढन नसकेकोमा नेता  आर्चायले दुख व्यक्त गरेका हुन । नेता के.पी. शर्मा ओली , पुष्पकमल दाहाल , प्रचण्ड माधव कुमार नेपाल , झलनाथ खनाल , बामदेव गौतम को आपसी झगडाले नेकपा पार्टी भित्रका सच्चा कार्यकर्ता लाई धक्का पुगेको बताएका छन ।  दुई पार्टी बीच भएको एकता पछि नेकपा  बलियो हनु पर्नेमा कमजोर हुदै गइरहेको भएता पनि आफू मिलाउने पट्टी रहेको बताएका हुन । 
नेता आचार्य ले सच्चा देश भक्तले एकजुट भएर देशमा भएको बेथिति, भष्टाचार  निर्मूल पार्नु पर्ने अहिले को आवश्यकता रहेको बताएका छन । फुटेर बिकास र समृद्धिको यात्रालाई पुरा गर्न नसकिने बताएका हुन । र्शीर्ष नेताहरुले त्याग गर्न सके पार्टी फुटने होइन, झन बलियो भएर जाने बताएका छन ।
 नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटेर होइन, जुटेर राष्ट्रनिर्माणमा एकढिक्का हुँदा राम्रो हुनेछ । विश्व कम्यूनिष्ट आन्दोलनले नेपालबाट केही आशा गरिरहेको अहिलेको ऐतिहासिक परिस्थितिमा यही सरकारलाई स्थिरता दिएर पार्टी एकजुट बनाएर लैजान नेता डिलाराम आचार्य लागि परेको बताएका हुन ।