प्रधानमन्त्री ज्यु नमस्कार,
महामारी र कोभिड-१९ को विषम परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था आइसकेको छ।सरकार कहाँ छ? यो विषम परिस्थितिमा लड्ने र यथेष्ट धन भई स्वास्थ उपचार गराउन सक्ने सबै नेपाली जनता सुकिला मुकिला छैनन् भन्ने कुरा कि तपाई आफैलाई थाहा हुनुपर्छ नभए नि तपाईंका आसेपासेले जानकारी दिनुपर्छ। चैत्रमा लकडाउन गर्दा विज्ञहरुको सुझावलाई आधार मानेर डोनेसन छुट्टाउनु पर्थो कि पर्थेन? कि हचुवाको भरमा झण्डा बोकेर हिडेपछि मन्त्री अनि उनीहरु नै विज्ञ हुने हुन र?
उच्चस्तरीय संयन्त्र जुन बनाइयो त्यसमा विज्ञहरु किन अटाउन सकिएन? भ्रष्टतन्त्र र लुटको खेती अनि आसेपासे मोटाउन पाउदैनन् भनेर अत्तालिनु भएको त होइन नि? स्वास्थ सामाग्री खरीद गर्न सरकार आफै असक्षम भएर शान्तिसुरक्षाको जिम्मा पाएको सेनालाई दिनु कत्तिको जायज हो? सरकार यतिबेला स्वास्थ समस्यासग जुध्ने बेलामा आफ्नै घरभित्र लागेको डढेलो निभाउन ब्यस्त हुन कत्ति सही छ? धुरीकट्टुवा घर र धन्सार भएसी अलक्षिन लाग्ने भन्ने उखान सही साबित भएको छ, जबज र ससदीय ब्यवस्था मान्ने एउटा खेमा अनि अर्को उग्र बामपंथी नारा बोकेको खेमा बीच एकीकरण नगरी कार्यगत एकता मात्रै गरेको भए के बिग्रन्थ्यो? तपाईहरुले दिनुभएको सङ्घियताको मोडेल र जनताले पाउनुपर्ने सुविधा यही हो? पाँच महिना पुरै घरभित्र मात्रै बस्दा धमिरा लागेर लड्न लागेको रुखजस्तो भएको घरायसी अर्थतन्त्र कसरी ब्यवस्थापन गर्ने? सरकार राहतको मोडालिटी लिएर गाउँ पस्ने बेला होइन र?
प्रधानमन्त्री ज्यु, जनतासंग प्रश्न मात्रै छन । जुन बजेटमा जनताको गाँस, बाँस र कपास को सुनिश्चितता हुनुपर्ने थियो त्यसले त खाली कर मात्रै बढाएर चरम गरिबीलाई बढुवा दिएको छ। अर्थमन्त्रीज्युले क्रिप्टोकरेन्सीको अवधारणा ल्याइरहदा यहाँ गाउँ होस या बजारमा दैनिक ज्यालामजदुरी गर्नेहरुको चुलो बल्न छोडेको कुरा नि जानकारी हुनुपर्यो। पहिला जीवन बाच्ने अधिकार सुनिश्चित गर्दिनुहोस त्यसपछि तपाइले देखाउनु भएको हावाबाट बिजुली, घर घरमा ग्यासपाइप, बुलेट ट्रेनको सपना पूरा गर्न सारा नेपाली श्रमदान गर्न तयार हुनेछन। प्रतिपक्ष शुन्य अथवा नगन्य रुपमा रहेको बेलामा दुइतिहाई सरकारबाट जनताको हितको लागि काम गर्न सक्नुहुन्न भने मानवीय नाताले हुँदै हो, इतिहासको सबैभन्दा बलियो र कार्यदक्षता शुन्य अनि असफल भनेर प्रमाणित गर्नेछ।
प्रधानमन्त्री ज्यु, पहिला रोगलाई जितौ त्यसपछि तपाईले ल्याउनुभएको “सम्वृद नेपाल, सुखी नेपाली” को नारालाई देश भित्र र बाहिर रहेका तीन करोड नेपालीले साथ दिनेछन। यो एउटा मन बोलेको होइन, सारा नेपाली यही भन्दैछन, असन्तुष्टि को आगो दन्किसकेको छ । दमकल होइन , जनता स्वास्थ, शिक्षा र रोजगारीको सुनिश्चितता सगै आत्मासम्मानको जीवन खोजिरहेको छ।
सबैजना जहाँ हुनुहुन्छ स्वास्थ रहनुहोस, सतर्क रहनुहोस।
#हाम्रो_स्वास्थ_पहिलो_प्राथमिकता
#कोराना_चाडै_अन्त्य_होस
#जय_देश